शनिबार, कार्तिक १०, २०८१

जाजरकोटमा जीप दुर्घटना हुँदा वडाध्यक्षसहित ५ जनाको मृत्यु

  
कर्णाली टाइम्स बुधबार, असोज २१, २०७७

सुर्खेत, असोज २१ । जाजरकोटमा जीप दुर्घटना हुँदा वडा अध्यक्षसहित ५ जनाको मृत्यु भएको छ । जुनीचाँदे गाउँपालिका वडा नम्बर १ औलखोला नजिक भएको जीप दुर्घटनामा जुनीचाँदे गाउँपालिका-११ का वडा अध्यक्ष अमरबहादुर शाहीको मृत्यु भएको छ ।बुधवार दिउँसो २ बजे भे१ज ९३५ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा जुनीचाँदे–१ का अन्दाजी ६५ बर्षीय बुद्धि बहादुर शाही, जुनीचाँदे गाउँपालिका–५ की मालिका बस्नेत, सोही वडाका २८ बर्षीय कृष्ण बहादुर शाही र वडा नम्बर ११ का ३० बर्षीय खिम बहादुर शाही रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ वास्तोलाले जानकारी दिए ।
जाजरकोट सदरमुकाम खलंगादेखि जुनीचाँदे गाउँपालिकातर्फ जाँदै गरेको जीप दुर्घटनामा परहेको उनले जानकारी दिए । घटना स्थलमा रहेको टोलीले घटनाबारे थप खोजी गरिरहेकाे छ । जीप सडकबाट करिब ५०० मिटर तल खसेको उनले जानकारी दिए ।