शनिबार, कार्तिक १०, २०८१

बालकलाई मोटरसाईकलले ठक्कर दिएर फरार भएका दुई जना पक्राउ

  
कर्णाली टाइम्स बिहीबार, मंसिर ४, २०७७


सुर्खेत । मंसिर २ गते मोटरसाईकलले बालकलाई ठक्कर दिएर फरार भएका दुई जनालाई बिहिवार प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर–५ का दुई जनालाई बिहिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
२ गते वीरेन्द्रनगरस्थित जिल्ला प्रहरी कार्यालय अगाडिको सडकमा मोटरसाईकलमा सवार उनीहरुले वीरेन्द्रनगर–१ का तीन बर्षीय बालक समीर नेपालीलाई ठक्कर दिएका थिए । मोटरसाईकलको ठक्करबाट ति बालकको सोही दिन मृत्यु भईसकेको छ ।
पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर–५ जीवन चौहान र नविन भनिने अमर सलामी रहेका छन् । मोटरसाईकलले बालकलाई ठक्कर दिएर उनीहरु भागेका थिए ।
बालकका आफन्तले पीडकलाई पक्राउ गर्न माग गर्दै बुधबार बिहानदेखि नै आन्दोलन गरेका थिए । पक्राउ परेका दुई जनामाथि सोधपुछ भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।