शनिबार, कार्तिक १०, २०८१

बोटेचौरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, आफन्तद्वारा छिन्चु–जाजरकोट सडक अवरुद्ध

दुर्घटनामा परि कोहलपुरका दुई बालक घाईते, अवस्था मध्यम

  
कर्णाली टाइम्स शुक्रबार, मंसिर ५, २०७७


सुर्खेत । सुर्खेतको बोटेचौरमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बाल घाईते भएका छन् । बिहिबार बेलुका साढे ७ बजे गुर्भाकोट नगरपालिका–९ बोटेचौर बजारमा भएको दुर्घटनामा स्थानीय ४८ बर्षका धनबहादुर भण्डारीको मृत्यु भएको हो ।
दुर्घटनामा कोहलपुरका दुई जना बालक घाईते भएका छन् । बाँकेको कोहलपुर नगरपालिका–२ का ८ बर्षीय भिमबहादुर खड्का र १ बर्षीय भुवन खड्का घाईते भएका हुन् । उनीहरुको नेपालगञ्जमा उपचार भईरहेको छ । उनीहरुको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
घटना स्थलमा खटिएका कार्यालयका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीका अनुसार घर्तीका अनुसार भिम र भुवन दाजुभाई हुन् । उनीहरु गुर्भाकोट नगरपालिका–९ स्थित मामाघरमा बस्दै आएका थिए ।
मृतक भण्डारी भने पैदल हिँडिरहेका थिए । उनको घटना स्थलमै मृत्यु भएको हो । सल्यानको सल्लीबजारबाट सुर्खेतको मालारानी जाँदै गरेको ना ८ ख २३१४ नम्बरको ट्रकले उनीहरुलाई ठक्कर दिएको डिएसपी घर्तीले बताए ।
मानिसलाई ठक्कर दिएपछि ट्रक धनी र चालक फरार भएका थिए । पीडित पक्षका आफन्तले उनीह शुक्रबार बिहानैदेखि उनीहरुलाई पक्राउ गर्न माग गर्दै आन्दोलन गरिरहेका छन् । आन्दोलनका कारण छिन्चु–जाजरकोट सडक खण्ड अवरुद्ध छ ।
आन्दोलनका कारण अत्यावश्यक बाहेकका सवारी साधन सडकमा चल्न नपाएको घर्तीले जानकारी दिए । ट्रकका चालक भने प्रहरीको नियन्त्रणमा आईसकेको उनले बताए । यसबारे विस्तृत विवरण हालसम्म आफूले नपाएको उनले बताए ।