शनिबार, जेष्ठ ५, २०८१

सरकारप्रति शंका उब्जिएको छ : नेता महर

  
कर्णाली टाइम्स सोमवार, मंसिर २२, २०७७


सुर्खेत । नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष नैनसिंह महरले सरकारले जनता प्रतिपक्षीको जवाफ दिन नचाहेको टिप्पणी गरेका छन् । सोमवार सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दे उनले सरकारका विभिन्न काण्ड सार्वजनिक हुँदा समेत चुप लागेर बस्नु शंकाको विषय भएको बताए ।
‘सरकारले काम गर्न सकेन भन्दै पटक पटक आवाज प्रतिपक्षी दलले उठाएको छ,’ महरले भने, ‘सरकारले न प्रतिक्रिया दिन्छ, न त काम नै गर्छ । अब यसका विरुद्ध काँग्रेसले सडक आन्दोलन गर्छ ।’
यही मंसिर २९ गते काँग्रेसले देशव्यापी रुपमा सरकारविरुद्व विरोध प्रदर्शन गर्न लागेको उनले जानकारी दिए । सरकारले जनतालाई जवाफ दिन नसकेर लामो समयसम्म सदनमा नआएको टिप्पण िगरे । सरकारले दिन नसकेको जवाफ अब नेपाली जनताले खोज्नुपर्ने बेला आएको उनले बताए ।
नेकपाले सरकारी निवासलाई आफ्नो कार्यालय बनाएको महरको आरोप छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएको आरोपको नेपाली जनताले जवाफ खोज्नेबेला आएको उनले बताए । ‘एउटै पार्टीको अध्यक्षले अर्को अध्यक्षलाई आरोप लगाउँदा सरकारमाथि नै शंका उब्जियो, यसको जवाफ अब नेपाली जनताले खोज्ने अवस्था आएको छ ।’ नेता महरले भने ।
उनले राजतन्त पुनःस्थापनाको माग गर्दै भईरहेको प्रदर्शनका सन्र्भमा समेत सरकारप्रति शंका उब्जिएको बताएका छन् । ‘अहिले राजतन्त्रको माग गर्दै सडकमा प्रदर्शन भईरहेको छ, जब कि संविधानले राजतन्त्रलाई स्वीकारेको छैन,’ उनले अगाडि भने, ‘संविधानको बर्खीलाप हुनेगरी भएको संविधान विरोधी आन्दोलनमा पनि सरकार चुप लागेर बस्नुले यसमा सरकारकै हात भएको शंका यतिबेला उब्जिएको छ ।’

नेपाल विद्यार्थी संघका सुर्खेत जिल्ला अध्यक्ष गौतम बिसीकाे अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा नेपाली काँग्रेस शिक्षा विभागका केन्द्रिय सदस्य महेन्द्र मल्ल, युवा नेता विवेक आचार्य लगायतका नेता तथा कार्यकर्ताकाे उपस्थिति रहेको थियो ।