बुधबार, बैशाख १९, २०८१

बुलबुलेबाट उद्दार गरिएको जरायोको मृत्यु

  
कर्णाली टाइम्स सोमवार, माघ ५, २०७७

तस्विर सौजन्य: नविन शाही

सुर्खेत । बुलबुले तालबाट उद्दार गरिएको जरायोको मृत्यु भएको छ । आईतबार बिहान उद्दारपछि उक्त जरायोलाई डिभिजन वन कार्यालय वीरेन्द्रनगरमा राखेर उपचार गरिएको थियो । उपचारकै क्रममा सोमबार अपराह्न जरायोको मृत्यु भएको हो ।
मृत जरायोलाई सोमबार नै डिभिजन वन कार्यालयको परिसरमा गाडिएको छ । जरायोको शरीरमा टाउकोसहित तीन ठाउँमा चोट लागेको थियो ।
करिब ३ बर्षको उक्त जरायो बुलबुले तालमा आईतबार रातिदेखि नै जरायो फसेको अनुमान गरिएको छ । तालमा जरायो फसेको देखेपछि स्थानीयले वनको टोलीलाई खबर गरेका थिए । उक्त जरायो जरायोको बासस्थानका रुपमा रहेको दक्षिणतर्फको काँक्रेबिहार संरक्षित क्षेत्रबाट आएको हुनसक्ने अनुमान गरिएको छ ।
डिभिजन वन कार्यालय वीरेन्द्रनगरका वन अधिकृत टेक रावलका अनुसार तार बारमा ठोकिएर घाउहरु भएको हुनसक्ने अनुमान गरिएको छ ।