बुधबार, बैशाख १९, २०८१

२ रुपैयाँले बढ्यो पेट्रोल, डिजल र मट्टितेलको मूल्य

  
कर्णाली टाइम्स सोमवार, माघ ५, २०७७

सुर्खेत । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य बढाएको हो । सबैमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको निगमले जनाएको छ ।
सो मूल्य वृद्धिसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ९३ रुपैयाँ पर्नेछ ।
हवाई इन्धन तथा एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ । मूल्य समायोजनपश्चात पनि पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ३४ पैसा र डिजलमा २ रुपैयाँ ९६ पैसा नोक्सान रहेको निगमको भनाइ छ ।
त्यस्तै एलपी ग्यासमा प्रतिसिलिण्डर १३४ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । अर्धमासिक रुपमा करिब ४९ करोड घाटा हुने निगमको अनुमान छ ।