शुक्रबार, बैशाख २१, २०८१

पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न एक जना पक्राउ

  
कर्णाली टाइम्स सोमवार, माघ २६, २०७७

सुर्खेत । दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दैलेखको महाबु गाउँपालिका-६ का ६८ वर्षीय जयबहादुर शाहीलाई जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो ।
२०७१ मंसिर २१ गतेको फैसलाअनुसार शाहीलाई २ वर्ष कैद सजाय तोकिएको छ ।
१ वर्ष ७ महिना १ दिन कैद भुक्तान गरिसकेपछि फरार भएका उनलाई खोजतलास गर्ने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
उनलाई बाँकी कैद भुक्तान गर्न कारागार चलान गरिएको कार्यालयले जनाएको छ । केही समय कैद भुक्तानीपछि बन्दी प्रत्यक्षीकरणमा परेका कारण अदालतको फैसला ढिला आएपछि शाही थुनामुक्त भई फरार थिए ।
२०६१ साल साउन २७ गते पत्रकार डेकन्द्र थापाको हत्या भएको थियो। सशस्त्र द्वन्द्वका बेला तत्कालीन विद्रोही पक्ष माओवादीले उनको हत्या गरेका हुन् । उनको दैलेखको नौमुले गाउँपालिकामा पर्ने साविकको द्वारी गाविस–१ मा शव भेटिएको थियो ।