बुधबार, बैशाख १९, २०८१

८० करोड खर्चिएर पशुपतिनाथमा राखियो सुनको जलहरी

  
कर्णाली टाइम्स बुधबार, फागुन १२, २०७७


सुर्खेत । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको छ।
बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले पूजा आरधाना गरी पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताए।
पशुपतिनाथमा रहेको चाँदीको जलहरी जीर्ण भएकोले त्यही चाँदीको जलहरीलाई सुनको आवरणले ढाकेको उनको भनाइ छ। १०८ किलोको सुनको जलहरी अर्पण गरिएको उनले बताए। यस कार्यका निम्ति ८० करोड रुपैयाँ खर्च भएको पनि सदस्य सचिव डा. ढकालले बताए।
विगत ३ वर्षदेखि निर्माण भइरहेको काम बुधबार सम्पन्न भएको उनले बताए। सुनको जलहरी अर्पण गर्नको निम्ति पाँच दिन अघिदेखि पशुपतिनाथमा विधिपूर्वक पूजाआजा भइरहेको थियो।
बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले सुनको जलहरी अनावरण गरेकी हुन्
अर्को सन्दर्भमा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै सदस्य सचिव डा. ढकालले शिवरात्रीमा यस वर्ष अघिल्ला वर्षहरूमा जस्तो भक्तजन नआउने बताए।
दर्शनको सहज व्यवस्थापन, स्वास्थ्य तथा सुरक्षालाई ध्यानमा राख्दै तयारी गरिएको उनको भनाइ छ। पशुपतिनाथमा शिवरात्रीको अवसरमा धुम्रपान, मद्यपान तथा लागुऔषध बर्जित गरेको पनि बताए।