बुधबार, बैशाख १९, २०८१

सहमति पछि खुल्यो स्थानीयले बन्द गराएको सडक

  
कर्णाली टाइम्स बिहीबार, फागुन १३, २०७७


सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित स्थानीय व्यवसायीले बन्द गराएको बाटो नगरपालिकासँगको सहमतिपछि खुलेको छ । बिहिवार बिहान निर्माणाधीन नेकपा पार्टी कार्यालयदेखि आईएमई चोकसम्म जाने सडकबाट उठेको धुवाँ–धुलोले सास्ती दिएको भन्दै बन्द गराएका थिए ।
वीरेन्द्रनगर नगरपालिका र निर्माण व्यवसायीसँग छलफल गरी बाटो बनाउने, तत्काल धुलो मार्न पानी हाल्ने लगायतका सहमति भएपछि बिहिवार बेलुका स्थानीय व्यवसायीले बाटो खोलेका हुन् ।
तत्काल सडकको निर्माण कार्य सुरु गर्ने, धुलो मार्न दैनिक दुईपटक पानी हाल्ने, निर्माण कार्य गुणस्तरीय हुने, एक महिनाभित्र कालोपत्र गरीसक्ने लगायतका सहमति भएको छ ।
विगत एक बर्षदेखि निर्माण थालिएको सडक निर्माणमा भएको ढिलाईले व्यवसाय सञ्चालन गर्न सास्ती खेप्नुपरेको भन्दै स्थानीय व्यवसायीहरुले बन्द गराएका थिए ।