शनिबार, कार्तिक १०, २०८१

सरकार र विप्लव समूहबीच दुई चरणको वार्ता, सकारात्मक निश्कर्षमा पुग्ने अपेक्षा

  
कर्णाली टाइम्स बुधबार, फागुन १९, २०७७

सरकार र विप्लव समूहसँग एकै दिन दुई चरणको वार्ता भएको छ । सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले दोस्रो चरणको वार्ता बुधबार साँझ भएको बताएका छन् ।
यसअघि बुधबार विहान पहिलो चरणको वार्ता भएको थियो । वार्ता विषय केन्द्रित भएको र दुवै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निश्कर्षमा पुग्ने अपेक्षा गरिएको उल्लेख गरेका छन् ।