शनिबार, कार्तिक १०, २०८१

राजनीतिमा महिला सहभागिताबारे अन्तर्क्रिया

  
कर्णाली टाइम्स आइतवार, फागुन २३, २०७७


सुर्खेत । महिला सशक्तिकरणका लागि राजनीतिमा महिलाको अर्थपूर्ण सहभागिता विषयक अन्तरक्रिया गरिएको छ । आइतबार अन्तर्राष्ट्रिय महिला दिवस पूर्वसन्ध्यामा संवाद समुह सुर्खेतको आयोजनामा अन्तरक्रिया सम्पन्न गरिएको हो ।
अन्तरक्रियामा बोल्दै प्रदेश सभा सांसद पद्मा खड्काले महिलाहरुलाई नीतिअनुसार राजनीतिक दलहरुले समेट्न नसकेको बताइन् । महिलाहरुलाई प्रतिशतका आधारमा हेर्ने प्रचलनको अन्त्य गर्दै समानरुपमा सहभागिता गराउन सके मात्रै अधिकारको सुनिश्चितता हुने सांसद खड्काको भनाई छ ।
यस्तै महिला संघ सुर्खेतकी अध्यक्ष पार्वती गिरीले महिला र हकको अधिकारको लागि दिवसमा मात्र कार्यक्रम र सचेतना गर्दा अर्थपुर्ण नहुने तर्क गरिन् । विभिन्न पार्टीले महिलाको प्रतिनिधित्व गर्नेगरी विधान बनाएपनि त्यो अनुरुप चल्न नसक्दा महिलाको राजनीतिमा अर्थपुर्ण सहभागिता हुन नसकेको बताइन् ।
अधिवक्त गिता कोइरालाले महिलालाई जबसम्म परिवारले पुर्यारुपमा साथ र सहयोग गर्दनन् तबसम्म राजनीतिमा अगाडी बढ्न नसक्ने बताइन् ।
यस्तै उपप्राध्यापक गोविन्द कोइरालाले महिलाहरु माथि हेरिने परम्पराग सोचलाई हरेकाको घरबाट हटाउन सके मात्र सहभागितामा समान पहुँच हुने बताए ।
नेपालका राजनीतिमा भएको महिला सहभागिताको विषयमा विभिन्न पार्टीमा प्रतिनिधित्व गर्ने महिला, पार्टीका प्रतिनिधि, कानुन व्यवसायी, नागरिक समाज र सञ्चारकर्मीको सहभागितामा खुला अन्तरक्रिया गरिएको हो ।