शनिबार, कार्तिक १०, २०८१

हात बाँधेको अवस्थामा कर्णाली नदीमा भेटियो दुई दिदी बहिनीको शव

  
कर्णाली टाइम्स मंगलबार, फागुन २५, २०७७


सुर्खेत । दैलेखको आठविस नगरपालिकास्थित कर्णाली नदीमा दुई दिदी बहिनीको शव भेटिएको छ । हात बाँधिएको अवस्थामा कर्णाली नदीको छेउमा दुई दिदी बहिनीको शव भेटिएको प्रहरीले जनाएको छ ।
मृतक बालिका आठविस नगगरपालिका–३ का स्थानीय मानसिहं बडुवालका १६ बर्षीय छोरी कल्पना बडुवाल र १२ बर्षकी सरिता बडुवाल रहेको प्रहरीले जनाएको छ । उनीहरुको शव पानीमा डुबिरहेको अवस्थामा देखिएको भनेर सोमबार बेलुका ५ बजेतिर प्रहरीलाई खबर गएको थियो ।
ईलाका प्रहरी कार्यालय राकमका सहायक प्रहरी निरीक्षक गोविन्द ढकालका अनुसार दैलेख र अछामको बीचमा रहेको कर्णाली नदीको अछामतर्फको किनारमा दुई बहिनीको शव भेटिएको हो । घटनाको बारेमा थप बुझ्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली त्यहाँ पुगेको छ ।
मृत भेटिएका दुई बालिकाका बुवा मानसिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घर नजिकैबाट उनलाई नियन्त्रणमा लिईएको हो । मानसिंहको परिवारमा ६ जना सदस्य थिए । बडुवालकी श्रीमति, तीनजना छोरी र एक छोरा सोमबार दिउँसो नै घरबाट निस्किएको भन्ने बुझिएको ढकालले बताए ।