शनिबार, कार्तिक १०, २०८१

एमाले र माओवादी अलग अलग जाने दाहाल-नेपालको निर्णय

  
कर्णाली टाइम्स सोमवार, फागुन २४, २०७७


सुर्खेत । साविकको नेकपा दाहाल नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले सर्वोच्च अदालतको फैसला मानेर अलग अलग जाने बताएका छन् ।
सोमबार कोटेश्वरको पेरिसडाँडामा बसेको दाहाल–नेपालसमूहको अनौपचारिक बैठकबाट बाहिरिएका खनालले अदालतले राजनीतिक फैसला गरे पनि आफूहरु अलग अलग भएर जाने बताएका हुन् ।
‘सर्वोच्च अदालतले जुन फैसला गर्‌यो यो राजनीतिक फैसला हो । यसले मुलुकको राजनीतिकमा गम्भीर नकारात्मक स्थिति सिर्जना गरेको छ । तर पनि अदालतले गरेको निर्णयलाई लागू गर्छौं,’ नेता खनालले भने, ‘अब एमाले र माओवादी केन्द्र भइयो । त्यहीँ संघर्ष गर्छौं ।’
बैठकमा अन्य नेताहरुले पनि अदालतको फैसला अनुरुप पूर्वएमाले र पूर्वमाओवादी अलग अलग भएर जाने धारणा राखेको नेता खनालले बताए । आफूहरु एमालेमै रहेर संघर्ष गर्ने पनि उनले बताए ।