मंगलबार, बैशाख १८, २०८१

भोली रातिदेखि सुर्खेतमा निषेधाज्ञा

  
कर्णाली टाइम्स सोमवार, बैशाख १३, २०७८


सुर्खेत । सुर्खेतमा भोली राति १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा गर्न लागिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले जिल्लभर निषेधाज्ञा जारी गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गरेको छ ।
यसबारेमा सुरक्षा समितिले आजै निर्णय गरी निषेधाज्ञा जारी गर्नेछ ।
कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतमा कोभिडका बिरामी बढ्दै जान थालेपछि निषेधाज्ञा जारी गर्न लागिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए ।
अस्पतालहरुमा अक्सिजनको अभाव हुन थालेपछि आवश्यक तयारीका लागि निषेधाज्ञा जारी गर्न लागिएको उनले बताए । निषेधाज्ञाको समयमा आवश्यक तयारी गरिने प्रजिअ रिजालले बताए ।