बुधबार, बैशाख १९, २०८१

दैलेखमा भएको टिपर दुर्घटना योजनाबद्ध भएको आशंका

  
कर्णाली टाइम्स आइतवार, बैशाख २६, २०७८
फाईल तस्विर

सुर्खेत । वैशाख २१ गते राति कर्णाली नदीमा दुर्घटनामा परेको टिपरमा वेपत्ता भएका चालक र सहचालक फरार भएको आशंका गरिएको छ । दाङको लमहीबाट जुम्ला जाँदै गरेको बा ५ ख २१८३ नम्बरको टिपर दैलख र कालीकोटको सिमानामा पर्ने आठविस नगरपालिका–४ कोटेसल्ला भन्ने ठाउँबाट कर्णाली नदीमा खसेको थियो ।
दुर्घटनापछि टिप्परका चालक र सहचालक वेपत्ता भएको भनिएको थियो । प्रहरीमा गरिएको ईन्ट्री अनुसार टिप्परमा चालक र सहचालक भएको खुलेको थियो ।
दुर्घटनाको ५ दिनपछि मानवीय क्षति नभएको खुलेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए ।
‘त्यहाँको स्थिति बुझ्दा कुनै मानवीय क्षति नभएको बुझिएको छ,’ उनले भने, ‘टिपरमा कुनै सामान पनि थिएन भन्ने छ, चालक फरार भएको बुझिएको छ ।’
उनीहरुको खोजी भईरहेको उनले बताए । चालकले नै योजनाबद्ध तरिकाले टिपर दुर्घटना गराएको हुन सक्ने अनुमान गरिएको उनले बताए । उनीहरुको खोजी भईरहेको  र भेटिएपछि घटनाबारे थप अनुसन्धान हुने उनले जानकारी दिए ।