शुक्रबार, बैशाख २१, २०८१

नवनियुक्त मन्त्रीको सपथ स्थगित

  
कर्णाली टाइम्स बिहीबार, बैशाख ३०, २०७८


सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त तीन जना मन्त्रीको सपथग्रहण स्थगित गरिएको छ । आज बिहान ११ बजे प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले सपथ खुवाउने तय भएपनि मुख्यमन्त्रीले स्थगित गर्न पत्र पठाएपछि स्थगित भएको हो ।
मुख्यमन्त्रीको आग्रहमा नै प्रदेश प्रमुखले सपथ खुवाउने कार्यक्रम स्थगत गरेको प्रदेश प्रमुखको निजीी सचिवालयले जनाएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बुधवार तीनजना माओवादी सांसदहरुलाई मन्त्ती बनाएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मा, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा विन्दमान विष्ट र जलस्रोत मन्त्रीमा सिता नेपालीलाई नियुक्त गरेका छन् ।
मुख्यमन्त्री शाहीले भौतिक पूर्वाधार मन्त्रालयलाई फुटाएर जलस्रोत मन्त्रालय बनाएका हुन् । यो मन्त्रालयमा नियुक्त मन्त्री नेपाली माओवादी प्रदेश संसदीय दलकी प्रमुख सचेतक हुन् ।
यस्तै आर्थिक मामिला मन्त्रालयमा नियुक्त शर्मा रुकुम पश्चिम प्रदेश (ख) बाट निर्वाचित् हुन् । उनी नेता जनार्दन शर्माका भाई हुन् । विष्ट सुर्खेतको निर्वाचन क्षेत्र २ (ख) बाट निर्वाचित सांसद् हुन् ।