कर्णाली टाइम्स
मंगलबार, असार २२, २०७८

सुर्खेत। सिम्रिक एअरले अब सुर्खेतबाट पनि सेवा सुचारु गर्न लागेको छ। सुर्खेत वेश बनाएर हेलिकप्टर सेवा सुरु गर्न लागिएको सिम्रिक एअरका पश्चिमाञ्चल प्रमुख कमल गौतमले जानकारी दिए।
अहिलेसम्म पोखरा र काठमाडौंबाट मात्र सेवा सञ्चालन गरिरहेको कम्पनीले सुर्खेत वेश बनाएर एउटा हेलिकप्टर तयारी अवस्थामा राख्ने उनले बताए। कर्णाली र सुदूरपश्चिमका अधिकांश क्षेत्रमा हुने रेस्क्यु उडान, आपत्कालीन उडान, चाटर्ड उडानहरु अब सुर्खेत वेशबाटै हुनेछन्।
सुर्खेत वेश बनाएर सेवा सुरु गरेपछि समय र लागत कम लाग्ने गौतमले बताए। ‘सुर्खेत वेश बनाएर हामीले सेवा सुरु ग¥यौं भने काठमाडौंबाटै हेलिकप्टर ल्याउनुपर्ने बाध्यता अन्त्य हुन्छ,’ उनले भने, ‘यसले गर्दा सेवा पनि छिटो पाईन्छ, लागत पनि कम पर्छ।’
सिम्रिक एअरसँग अहिले पाँचवटा हेलिकप्टर छन्।
