बुधबार, बैशाख १९, २०८१

कालिकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु

  
कर्णाली टाइम्स मंगलबार, असार २२, २०७८


सुर्खेत। कालिकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मंगलबार बिहान रास्कोटबाट जीतेगढा बजार आउँदै गरेको क १ ज २३ नम्बरको जीप रास्कोट नगरपालिका–६ सन्नीघाटमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा ३६ बर्षीय पम्फा फडेराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।
दुर्घटनामा अरु ४ जना घाईते भएका छन्। जीपमा चालकसहित १२ जना सवार थिए। ओरालो बाटोमा अनियन्त्रित भएर जीप पल्टिएको प्रहरीले जनाएको छ।