बुधबार, बैशाख १९, २०८१

सोमबार डेढ महिनायताकै बढी संक्रमित थपिए

  
कर्णाली टाइम्स सोमवार, साउन ११, २०७८


सुर्खेत। सोमबार डेढ महिता यताकै धेरै कोरोना संक्रमित थपिएका छन्। सोमबार मात्रै थप ३ हजार ४२१ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २४० नमूना पिसिआर परीक्षण गर्दा २ हजार ३९१ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ५ हजार ३२ गर्दा १०३० मा संक्रमण देखिएको छ।
कुल १७ हजार २७२ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। थप २५ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा १ हजार ६८६ जना कोरोनाबाट मुक्त भएका छन्।