सोमवार, बैशाख २४, २०८१

भारतकाे सिम्लाबाट नेपाल आउन भनी हिँडेका १८ बर्षीय किशोर सम्पर्कविहीन

  
कर्णाली टाइम्स बुधबार, भदौ २३, २०७८


सुर्खेत। भारतबाट नेपाल आउन भनी हिँडेका जाजरकोटका एक किशोर सम्पर्कविहीन भएका छन्। जाजरकोटको जुनीचाँदे गाउँपालिका-२ का निरज शाही सम्पर्कविहीन भएका हुन्।
उनि भदाै १९ गते भारतको सिम्लाबाट नेपाल जान भनी हिँडेका थिए। भारतमा मामाको साथमा बसिरहेका उनी कक्षा १२ को परीक्षा दिन नेपाल आउन लागेको परिवारले जनाएका छन्।
‘१२ कक्षाकाे परिक्षा दिने भनेर भदाैं १९ गते सिम्लाबाट हिँडेकाे हो, हिँडेको दिनमा नचिनेको भारतीय नम्बरबाट फोन गरेको थियो,’ निरजका अंकल विर्ख बहादुर शाहीले भने, ‘त्यसपछि यता कुनै सम्पर्क भएको छैन।’
निरजको खोजीका लागि उनका बुवा पूर्ण बहादुर शाही आफै‍ँ भारततर्फ गएको उनले बताए।
कसैले फेला पारेमा परिवारका सदस्यको मोवाईल नम्बर ९८६८९६२६०० मा सम्पर्क गरिदिन उनले आग्रह गरेका छन्।