बिहीबार, बैशाख २०, २०८१

महिलाको हत्या आशंकामा एक युवक पक्राउ

  
कर्णाली टाइम्स बिहीबार, असोज ७, २०७८

सुर्खेत। एक महिलाको हत्या गरेको आशंकामा दैलेखमा २१ बर्षीय युवक पक्राउ परेका छन् । बुधवार जिल्ला प्रहरी कार्यालय दैलेखले गुराँस गाउँपालिका-५ का गणेश बहादुर विकलाई पक्राउ गरेको हो ।

गुराँस गाउँपालिका-५ भैरीखोलामा भदौ १५ एक महिलाको शव फेला परेको थियो । उक्त शवबारे अनुसन्धान गर्नेक्रममा युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

शव फेला परेको केही दिनसम्म अनुसन्धान गर्दा सनाखत नभएपछि प्रहरीले कानून अनुसार दाहसंस्कार गरेको थियो ।

त्यसको केही दिनपछि भदौ २७ गते नारायण नगरपालिका-१० की शान्ति बोगटीले मृतकको तस्विर हेरी आफ्नी छोरी अस्मिता कुमारी बोगटी भएको बताएकी थिईन् ।

प्रहरीका अनुसार उनले आफ्नी छोरी चार बर्षदेखि काठमाडौंमा बस्दै आएको र यस बर्षको तीजमा घर आउन थालेको बताएकी थिईन् ।

सोही आधारमा बोगटीबाट कर्तव्य ज्यानसम्बन्धी जाहेरी लिई विकलाई पक्राउ गरिएको हो । उनलाई ८ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको छ ।