मंगलबार, असार १७, २०८२

कांग्रेस महामन्त्री खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख

  
कर्णाली टाइम्स मंगलबार, असोज १९, २०७८

सुर्खेत। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था सुध्रिन थालेको छ । कोरोना संक्रमणा भएपछि उनी अस्पताल भर्ना भएका थिए।
खड्कालाई सशस्त्र प्रहरी बल अस्पतालमा उपचार गरिएको छ। उनी गत असोज १२ गतेदेखि बलम्बुस्थित अस्पताल भर्ना भएका थिए।
खड्कालाई गत असोज ८ देखि रूघाखोकी देखिएको थियो। उनलाई कोभिड १९ निमोनिया पनि भएको अस्पतालले जनाएको छ।

उनको पछिल्लो स्वास्थ्य अवस्था र परीक्षणको रिपोर्ट बारेमा विज्ञप्ति निकालेर अस्पतालले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएको छ।