मंगलबार, बैशाख १८, २०८१

किशोरकिशाेरी र सुरक्षाकर्मीसँग मनोसामाजिक स्वास्थयबारे अभिमुखीकरण

  
कर्णाली टाइम्स आइतवार, असोज २४, २०७८


सुर्खेत। सुर्खेका किशोरकिशोरीहरुलाई मनोसामाजिक सुस्वास्थ् यबारे अभिमुखिकरण गरिएको छ । सामाजिक विकास मन्त्रालयको आयोजना र ट्रान्सकल्चरल साइकोसोसियल अर्गानाईजेशन (टिपीओ) नेपालको सहयोगमा किशोरकिशोरीहरुलाई मनोसामाजिक परामर्श दिईएको हो ।
सुर्खेतको वीरेन्द्रनगरस्थित सिद्धपाईला ईङ्लिस मिडियम सेकेन्डरी स्कुलमा शुक्रबार सञ्चालन गरिएको अभिमुखिकरणमा कक्षा १२ मा अध्ययनरत ३२ जना किशोरकिशोरीको सहभागिता रहेको थियो ।
विशव मानसिक स्वास्थ्य दिवसको अवसरमा आयोजित अभिमुखिकरणमा मनोसामाजिक रुपमा हुने समस्या र समाधानका उपायहरुको बारेमा अभिमुखिकरण गरिएको हो ।
कार्यक्रममा टिपीओ नेपालका मनोसामाजिक परामर्शदाता शर्मिला बिसीले सहजीहरण गरेकी थिईन् ।
यस्तै दिवसकै अवसरमा आइतबार सुरक्षाकर्मीसँग पनि अभिमुखीकरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतको समन्वय र टिपीओ नेपालको आयोजनामा कार्यक्रम आयोजना गरिएको हो ।