मंगलबार, बैशाख १८, २०८१

३९ जना यात्रु लिएर सुर्खेतबाट गएको बस मुगुमा दुर्घटना

  
कर्णाली टाइम्स मंगलबार, असोज २६, २०७८

सुर्खेत। सुर्खेतबाट ३९ जना यात्रु लिएर गएको बस मुगुमा दुर्घटना भएको छ । जिल्लाको छायानाथ रारा नगरपालिका–७ मा मंगलबार बस दुर्घटना भएको हो । सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीका लागि गएको भे १ ख ३१६७ नम्बरको बस दुर्घटनामा परेको हो ।

कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार गाडीमा ३९ जना यात्रु सवार थिए । दुर्घटनामा मृत्यु भएको बारे एकीन भने नभएको उनले जानकारी दिए ।
‘घाईतेहरुलाई दुर्घटनास्थलबाट निकाल्दै अस्पताल लिने काम भईरहेको छ, मृत्युको बारेमा भने एकी भएको छैन,’ उनले भने, ‘जिल्लाबाट प्रहरी टोली जाँदैछ ।’
बस सडकबाट दुई सय मिटर तल खसेको उनले बताए ।
छायानाथ रारा नगरपालिकाका मेयर हरिजंग शाहीले घटनाको बारेमा स्पष्ट विवरण नआईसकेको बताए ।

दुर्घटनामा घाईतेहरुलाई उद्दार गर्न सुर्खेतबाट हेलिकप्टर मुगु जान लागेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।