बुधबार, बैशाख १९, २०८१

मुगुमा भएको बस दुर्घटनामा मृत्यु भएका ३२ जनाकै सनाखत

  
कर्णाली टाइम्स बुधबार, असोज २७, २०७८


सुर्खेत । मुगुमा भएको बस दुर्घटनामा परि मृत्यु भएका ३२ जनाको सनाखत भएको छ । मंगलबार दिउँसो छाँयानाथ रारा नगरपालिका–७ पिना तपने खोला नजिक भएको बस दुर्घटनामा ३२ जनाको मृत्यु भएको थियो ।
नेपालगञ्जबाट मुगुका लागि ४६ जना यात्रु लिएर गएको भे १ ख ३१६७ नम्बरको बस सदरमुकाम पुग्न केही किलोमिटर यता दुर्घटनामा परेको थियो ।
दुर्घटनामा २८ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो ।
मृत्यु हुनेमा छाँयानाथ रारा नगरपालिका–७ की १९ बर्षकी लग्न सेजुवाल, उनका दुई बर्षका छोरा, २० बर्षकी मनदेवी बम, छाँयानाथ रारा नगरपालिका–१० की १८ बर्षकी पुजा बुढा, छाँयानाथ रारा नगरपालिका–८ की ३३ बर्षकी प्यारी विक, २२ बर्षका सन्तोष विटालु, ३६ बर्षका गाडी चालक दान बहादुर रावल रहेका छन् ।
यस्तै छाँयानाथ रारा नगरपालिका–१२ का २२ बर्षका छाँता साउँद, वडा नम्बर १० की २० बर्षीया सरिता खड्का, वडा नम्बर १४ का २२ बर्षीय कर्ण सिंह बुढा, मुगुको सोरु गाउँपालिका–३ का २५ बर्षीय मनरुप कुमालको मृत्यु भएको छ ।
छाँयानाथ रारा नगरपालिका–१ की २३ बर्षीया चन्द्रादेवी मल्ल, वडा नम्बर ६ की १९ बर्षीया राममाया भाम, वडा नम्बर १० का १८ बर्षीय अम्मर साउँद, वडा नम्बर ११ का २२ बर्षीय प्रकाश बुढा, वडा नम्बर ५ का २९ बर्षीय अजय कार्की, ३२ बर्षीया कमला विसी (रावत), वडा नम्बर १० का २२ बर्षीय सुन बहादुर विक, वडा नम्बर १४ का १९ बर्षीय शिव बुढा, वडा नम्बर ७ की २१ बर्षीया अमृता विक, सोही ठाउँकी ४ बर्षीया बालिकाको उक्त दुर्घटनामा मृत्यु भएको छ ।
यस्तै छायाँनाथ रारा नगरपालिका–१४ का २० बर्षीय रुपसिहं कार्की, वडा नम्बर ७ का २२ बर्षीय महेन्द्र शाही, बाँकेको राँझा बस्ने २२ बर्षका प्रदिप स्वर्णकार, मुगुका छाँयानाथ रारा नगरपालिका–१ का १८ बर्षीय प्रकाश भाम, वडा नम्बर ७ का १२ बर्षीय आदित्य विक्रम शाह, वडा नम्बर ८ का २८ बर्षीय टोपबहादुर विष्ट, सोरु गाउँपालिका–८ का २३ बर्षीय आईतसिंह कामी, छाँयानाथ रारा नगरपालिका– ८ की ३३ बर्षीया भगवती चन्द, वडा नम्बर ७ की १६ बर्षीया सस्मिता बम, वडा नम्बर १४ का १८ बर्षीय बसन्त भण्डारी र वडा नम्बर ८ का १८ बर्षीय नविन बुढाको उक्त दुर्घटनामा मृत्यु भएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार २४ जनाको घटना स्थलमै मृत्यु भएको हो । बाँकी पाँच जनाको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो भने ३ जनाको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको हो ।
दुर्घटनामा घाईते भएका १३ जनाको उपचार भईरहेको कार्यालयले जनाएको छ । छााँयानाथ रारा नगरपालिका–३ की ६ बर्षीया भूमिका खड्काको जिल्ला अस्पताल मुगुमा उपचार भईरहेको छ ।
यस्तै छाँयानाथ रारा नगरपालिका–५ का ३१ बर्षीय प्रेमबहादुर रावल, वडा नम्बर १ का सुकराज मल्ल, वडा नम्बर ८ का रतनसिंह रावल, वडा नम्बर ७ का शैलेन्द्र शाही, गणेश बहादुर रावल, वडा नम्बर १ की सुस्मिता साउँद, रेखा साउँद, वडा नम्बर ८ की सम्झना रावल, वडा नम्बर ५ का ५ बर्षीय लक्की रावल र वडा नम्बर १४ का २७ बर्षका दन्त बुढाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भईरहेको छ ।
छाँयानाथ रारा नगरपालिका–७ का सुजता बम र वडा नम्बर ११ का हर्ष बहादुर साउँदको नेपालगञ्ज नर्सिङ होममा उपचार भईरहेको छ ।