शुक्रबार, बैशाख २१, २०८१

मुगुको गमगढीमा भएको आगलागीबारे स्थलगत अनुगमन गर्न जाँदै कर्णालीका मुख्यमन्त्री

  
कर्णाली टाइम्स मंगलबार, कार्तिक ३०, २०७८


सुर्खेत। मुगुको गमगढीमा भएको आगलागीको बारेमा अनुगमन गर्न कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही जान लागेका छन्। उनी मंगलबार हेलिकप्टरमा स्थलगत अनुगमनका लागि जान लागेका हुन्।
तत्कालीन राहत सामग्रीसहित मुख्यमन्त्री जान लागेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार नेपाली सेनाको हेलिकप्टर तत्कालीन राहत सामग्री ल्याएर काठमाडौंबाट सुर्खेत आउन लागेको छ । राहत सामग्रीमा खाद्यान्न, लत्ताकपडा, भाँडा, टेन्ट लगायतका सामग्री लगिनेछ।
प्रदेश संकट व्यवस्थापन समितिको मंगलबार बिहान बसेको वैठकले आगलागी पीडितहरुको लागि तत्कालीन राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको हो।
मुख्यमन्त्री शाहीको स्थलगत अनुगमनपछि फेरि प्रदेश संकट व्यवस्थापन समितिको वैठक बसी थप राहत प्याकेज घोषणा गरिनेछ।
मुगुको छायाँनाथ रारा नगरपालिका–१ गमगढीमा सोमबार राती साढे १२ बजे भएको आगलागीबाट २० वटा घर जलेर नष्ट भएका छन्। राती सल्किएको आगो बिहान साढे ४ बजेतिर नियन्त्रणमा लिईएको थियो।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार स्थानीय ठिन्ले लामाको घरबाट आगो सल्किएको थियो।