बिहीबार, बैशाख २०, २०८१

आगलागीबारे अनुगमन गर्न मुख्यमन्त्री शाही राहत सामग्रीसहित मुगुमा

  
कर्णाली टाइम्स बुधबार, मंसिर १, २०७८
मुगुका आगलागी पीडितका लागि राहत सामग्री लोड गरिँदै। तस्विर सौजन्य : मुख्यमन्त्रीको निजी सचिवाल

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही राहतसहित मुगु पुगेका छन्। साेमबार राति भएको आगलागीको स्थलगत अनुगमन गर्न मुख्यमन्त्री शाही बुधबार बिहान मुगु पुगेका हुन्।
उनी तत्कालीन राहत सामग्रीसहित नेपाली सेनाको हेलिकप्टरमा मुगु गएका हुन्। तत्कालीन राहत सामग्रीहरू टेन्ट, लत्ताकपडा, भाँडा काठमाडौंबाटै ल्याईएको छ। सुर्खेतबाट खाद्यान्न र रेडक्रसको राहत सामग्री लगिएको छ।
मुख्यमन्त्री मंगलबार दिउँसो नै मुगु जाने कार्यक्रम तय भएको थियो। तर काठमाडौ‌बाट हेलिकप्टर ढिला आएपछि तालिका रद्द भएको हो।
आज गएको मुख्यमन्त्रीको अनुगमन टोलीमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाही, मुगुका सांसद् झोवा विक, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सहभागी रहेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ।
मुख्यमन्त्री शाही स्थलगत अनुगमन गरी सुर्खेत फर्किएपछि आजै प्रदेश विपद् व्यवस्थापन समितिको वैठक बसी आगलागी पीडितहरुलाई थप राहत कर्णाली प्रदेश सरकारले घोषणा गर्नेछ।
सोमबार राती साढे १२ बजे भएको आगलागीबाट गमगढीमा २० वटा घर जलेर नष्ट भएका छन्।