शुक्रबार, बैशाख २१, २०८१

सुर्खेतका तीन पालिकाको नतिजा सार्वजनिक, तीनै पालिकामा निर्वाचित सभापति देउवा समूहका

  
कर्णाली टाइम्स बुधबार, मंसिर १, २०७८

सुर्खेत। नेपाली काँग्रेसको गाउँ/नगर अधिवेशन अन्तर्गत सुर्खेतमा निर्वाचन जारी छ। हालसम्म सुर्खेतका तीनवटा पालिकाको निर्वाचन मतपरिणाम आएको छ ।

गुर्भाकोट नगरपालिका, लेकवेशी नगरपालिका र चिङ्गाड गाउँपालिकाको चुनावी परिणाम सार्वजनिक भएको हो ।

यी पालिकामा देउवा समूहका उम्मेद्वारहरु पालिका सभापतिमा विजयी भएका छन् ।

जस अनुसार गुर्भाकोट नगरपालिकामा हस्त बहादुर पुन, लेकवेशी नगरपालिकामा उमेश पौडेल र चिङ्गाड गाउँपालिकामा डोरप्रसाद शर्मा निर्वाचित भएका छन् ।

पालिका अधिवेशनअन्तर्गत यसबाहेक अरु स्थानीय तह र पदाधिकारी तथा सदस्यको अन्तिम मत पपिरणाम भने सार्वजनिक भएको छैन।