मंगलबार, असार १७, २०८२

सुर्खेतका ६ पालिकामा देउवा समूह निर्वाचित

  
कर्णाली टाइम्स बिहीबार, मंसिर २, २०७८


सुर्खेत। नेपाली काँग्रेसको गाउँ/नगर अधिवेशन अन्तर्गत सुर्खेतका ६ वटा पालिकाको नतिजा सार्वजनकि भएको छ। नतिजा सार्वजनिक भएका पालिकाहरुमा संस्थापन पक्ष देउवा समूह निर्वाचित भएका छन्।
जिल्लाका चिङ्गाड गाउँपालिका, लेकवेशनी नगरपालिका, सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका, भेरीगंगा नगरपालिका र बराहताल गाउँपालिकामा संस्थापन पक्षबाट सभापति चयन भएका हुन्।
चिङ्गाड गाउँपालिकाको सभापतिमा डोरप्रसाद पौडेल, लेकवेशी नगरपालिकाको सभापतिमा उमेश पौडेल, सिम्ता गाउँपालिकाको सभापतिमा वीरेन्द्र रावत, गुर्भाकोट नगरपालिकाको सभापतिमा हस्त पुन, भेरीगंगा नगरपालिकाको सभापतिमा रामबहादुर सिंह र बराहताल गाउँपालिकाको सभापतिमा भीम भण्डारी निर्वाचित भएका छन्।
अब वीरेन्द्रनगर नगरपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाको अधिवेशनको नतिजा आउन भने बाँकी छ। यीमध्ये कतिपय पालिकामा मतदान जारी छ।
वीरेन्द्रनगर नगरपालिकाको अधिवेशनमा हालसम्म डेढ सय मत खसेको सहायक जिल्ला निर्वाचन अधिकृत दुर्गाप्रसाद सापकोटाले जानकारी दिए।