कर्णाली टाइम्स
आइतवार, मंसिर ५, २०७८
सुर्खेत । नेपाली काँग्रेसको प्रदेश सभा अधिवेशनबाट सुर्खेतका चारवटै निर्वाचन क्षेत्रमा देउवा समूह विजयी भएको छ ।
शनिवार भएको निर्वाचनबाट देउवा समूहको प्यानल नै विजयी भएको हो ।
प्रदेश सभा निर्वाचन क्षेत्र १ (क) मा केशर वली, (ख) मा भुपेन्द्र सुवेदी सभापतिमा निर्वाचित भएका छन् ।
यस्तै निर्वाचन क्षेत्र २ (क) मा कर्ण बुढा र (ख) मा तेजबहादुर बस्नेत सभापति चयन भएका छन् ।