मंगलबार, बैशाख १८, २०८१

चितुवाको छालासहित सुर्खेतबाट चारजना पक्राउ

  
कर्णाली टाइम्स आइतवार, मंसिर ५, २०७८


सुर्खेत। बराहताल गाउँपालिका-५ बड्डीचौरबाट चितुवाको छालासहित चारजना पक्राउ परेका छन् । तीन थान चितुवाको छालासहित जिल्ला प्रहरी कार्यालय सुर्खेत र कर्णाली प्रदेश प्रहरी कार्यालयको टोलीले उनीहरुलाई पक्राउन गरेको हो।
पक्राउ पर्नेहरुमा अछामको पञ्चदेवल नगरपालिका–८ का कमल शाही, चक्रबहादुर शाही, रामारोशन गाउँपालिका–४ का ओपेन्द्र शाह र दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–२ का विमल शाही रहेका छन्।
बड्डीचौर बजारमा रहेको प्रेम होटलको कोठा नम्बर ३ बाट उनीहरुलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।