मंगलबार, बैशाख १८, २०८१

जाजरकोटमा नेपाली काँग्रेसको नेतृत्व सर्वसम्मत चयन

  
कर्णाली टाइम्स सोमवार, मंसिर ६, २०७८


सुर्खेत। नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जाजरकोटमा सर्वसम्मत नेतृत्व चयन भएको छ। आइतबार जिल्ला कार्यसमिति र प्रदेश सभा कार्यसमितिमा सर्वसम्मत नेतृत्व चयन भएको हो।
जिल्ला कार्यसमितिको सभापतिमा बेदराज सिंह चयन भएका छन्। अघिल्लो अधिवेशनमा पराजित भएका सिंह यसपटक सर्वसम्मत चयन भएका हुन्।
यस्तै जिल्ला कार्यसमितिको उपसभापतिमा खडक विसी र रत्न खड्का, सचिवमा हरिचन्द्र बस्नेत र तेजविक्रम शाह, उपसचिवमा छवि पन्त चयन भएका छन्।
प्रदेश सभा निर्वाचन क्षेत्रअन्तर्गत (क) मा लिलाबहादुर शाह र (ख) मा जनकराज शर्मा न्यौपाने चयन भएका छन्।