बिहीबार, बैशाख २०, २०८१

माधवकुमार नेपाल आज सुर्खेत आउँदै, प्रदेश कमिटी वैठक र कार्यकर्ता भेलामा सहभागी हुने

  
कर्णाली टाइम्स बिहीबार, मंसिर ९, २०७८


सुर्खेत। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल आज सुर्खेत आउन लागेका छन्।
आज बस्ने कर्णाली प्रदेश कमिटीको प्रथम वैठक र भोली हुने अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न नेपाल सुर्खेत आउन लागेका हुन्।
नेकपा (एस)का केन्द्रीय सदस्य देवी वलीका अनुसार उनी जहाजमार्फत नेपालगञ्ज विमानस्थल आएर सुर्खेत आउनेछन्।*

यसअघि सुर्खेत आउने बुद्ध एअरको जहाजमार्फत आउने तय भएपनि प्रतिकुल मौसमका कारण सुर्खेतको उडान रद्द भएको छ। सुर्खेतको उडान रद्द भएपछि अध्यक्ष नेपाल नेपालगञ्ज विमानस्थल भएर आउन लागेको वलीले बताईन्।

प्रदेश कमिटीको वैठक आज सुर्खेतमा बस्दैछ। नेपालले उक्त वैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको ओलीले बताईन्। वैठकमा प्रदेश कमिटीका पदाधिकारीहरुलाई सपथग्रहण गराईनेछ।
आजको वैठकमा जिल्लाहरुबाट पार्टीको कार्य प्रगतिबारे रिपोर्टिङ गर्ने, कार्य विभाजन, विभाग, समन्वय कमिटी लगायतका संरचना निर्माण गर्ने एजेण्डाहरु छन्।
अध्यक्ष नेपाललले सम्बोधन गर्ने कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला शुक्रबार हुनेछ।