आइतवार, बैशाख २३, २०८१

विपदबाट उत्पन्न समस्या समाधानमा लागीपरेका छौं : कानुनमन्त्री शाही

  
कर्णाली टाइम्स शुक्रबार, फागुन ६, २०७८


सुर्खेत। कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हीमबहादुर शाहीले कोभिड महामारीका कारण उत्पन्न समस्या समाधानका लागि कर्णाली प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन्। शुक्रबार नेपाल रेडक्रस सोसाईटी कर्णाली प्रदेशले आयोजना गरेको कार्याशालाको उद्घाटन गर्दै मन्त्री शाहीले यस्तो बताएका हुन्।
विश्वभर महामारीका रुपमा आएको कोभिड–१९ ले स्वास्थ्यदेखि उद्योग व्यवसायसम्म समस्या उत्पन्न गरेकाले अब समाधानका लागि प्रदेश सरकार लागेको बताए। यसअघि कोभिडको अस्वभाविक परिस्थितिमा समेत कर्णाली प्रदेश सरकारले महत्वपूर्ण भूमिका खेलेको बताउँदै उनले अहिले पनि कोभिडको विरद्ध निरन्तर लागीपरेको बताए।
उनले कर्णाली प्रदेशका नागरिकका आवश्यकता पूर्तिसँगै समस्या समाधान गर्ने विषयमा सरकार प्रतिवद्ध रहेको बताए।
कोभिडले आईपरेका समस्या समाधान गर्न रेडक्रसले पनि साझेदारी संस्थाको रुपमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास मन्त्री शाहीले व्यक्त गरेका छन्। उनले कर्णाली प्रदेश सरकारले पनि विपद न्युनिकरण र राहतमा काम गर्ने क्रममा रेडक्रससँग समन्वय गर्ने प्रतिबद्धता जनाए।