बुधबार, बैशाख १९, २०८१

एमसीसीको विरोधमा उत्रिएका बन्दकर्ताद्वारा पार्टी कार्यालय र प्रहरीमाथि ढुंगामुढा

  
कर्णाली टाइम्स सोमवार, फागुन १६, २०७८


सुर्खेत। एमसीसी (मिलेनियम च्यालेञ्ज कर्पोसन)को विरोधमा उत्रिएका बन्दकर्ताहरुले सुर्खेतस्थि नेपाली काँग्रेसको पार्टी कार्यालयमा ढुंगामुढा गरेका छन्। सोमबार दिउँसो पार्टी कार्यालयमा पुगेर ढुंगामुढा गरेका हुन्।
ढुंगामुढाबाट कार्यालयको झ्यालको सिसा फुटेको छ।
यस्तै उनीहरुले सुरक्षामा खटिएका प्रहरीमाथि समेत ढुंगामुढा गरेका छन्। सुरक्षामा खटिएका प्रहरीमाथि उनीहरुले ढुंगामुढा गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले बताए।
विप्लव नेतृत्वको नेकपासहित ६ राजनीतिक दल र दुई मोर्चाले गरेको बन्दका कारण सुर्खेत केही समय तनावग्रस्त बनेको थियो। प्रहरी र बन्दकर्ताबीच झडप भएपछि नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन बढी अश्रुग्याँस हानेको थियो ।
यस्तै प्रहरीले सुर्खेतमा उग्र बनेका १० जना बन्दकर्ताहरुलाई नियन्त्रणमा समेत लिएको छ।