
सुर्खेत। कर्णाली प्रदेशमा म्यादी प्रहरीका लागि मागभन्दा झण्डै तीनगुणा बढी दरखास्त परेका छन्। वैशाख ३० गतेको स्थानीय तह निर्वाचनको सुरक्षाका लागि कर्णाली प्रदेशका १० वटा जिल्लाहरुमा ७ हजार ७१३ जना म्यादी प्रहरी माग गरिएको थियो।
प्रदेशभरका जिल्लाहरुमा परेको आवेदन संख्या २१ हजार २५४ पुगेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
दरखास्त दिनेमा १६ हजार ८१८ जना पुरुष र ४ हजार ४३६ जना महिला छन्। प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी गणेशबहादुर बमका अनुसार सुर्खेतमा सबैभन्दा बढी दरखास्त परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ५ हजार १७२ जनाले दरखास्त दिएको छन्।्
उनका अनुसार हुम्लामा सबैभन्द कम ५२४ जनाले दरखास्त दिएका छन्।
सुर्खेतमा १ हजार २६१, दैलेखमा ८९३, जाजरकोटमा ७८४, रुकुम पश्चिममा ६७७, सल्यानमा १०७३, कालीकोटमा ८०४, जुम्लामा ७६८, मुगुमा ४६९, डोल्पामा ५६८ र हुम्लामा ४१६ जना म्यादी प्रहरी माग गरिएको थियो।
म्यादी प्रहरीको आजदेखि छनोट प्रक्रिया सुरु भएको छ।
कर्णाली टाइम्स
मंगलबार, चैत्र १५, २०७८
