बुधबार, जेष्ठ २, २०८१

विभिन्न मुद्दाका चार जना फरार प्रतिवादी पक्राउ

  
कर्णाली टाइम्स सोमवार, चैत्र १४, २०७८


सुर्खेत। जिल्ला अदालत सुर्खेतले विभिन्न मुद्दामा दोषि ठह¥याएपछि फरार भएका चार जना प्रतिवादी पक्राउ परेका छन्। अदालतले कैद र जरिवाना तोकेका चारजना फरार प्रतिवादीलाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
खोजतलास गर्नेक्रममा पक्राउ परेका प्रतिवादीहरुलाई जिल्ला अदालतमा बुझाईएको छ।
जग्गा मुद्दामा १ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएका सुर्खेतको वीरेन्द्रनगर–१२ का लक्ष्मी सुनारलाई पक्राउ गरिएको छ।
यस्तै वीरेन्द्रनगर–७ का ललित सुनार, दीपक गौली र वीरेन्द्रनगर–११ का धनबहादुर थापालाई पनि पक्राउ गरिएको छ। प्रहरीका अनुसार उनीहरुलाई केही सार्वजनिक मुद्दामा ५÷५ सय रुपैयाँ जरिवाना तोकिएको थियो।