आइतवार, बैशाख २३, २०८१

विप्लव नेतृत्वको पार्टीले स्थानीय चुनावमा भाग नलिने

  
कर्णाली टाइम्स सोमवार, चैत्र १४, २०७८


सुर्खेत। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय चुनावमा भाग नलिने भएको छ। उसले आफ्नो पार्टीबाट उम्मेदवार नउठाउने बताएको छ। ०७९ वैशाख ३० मा हुने स्थानीय चुनाव बहिष्कार पनि नगर्ने पक्षमा नेपाल कम्युनिष्ट पार्टी छ।
कपिलबस्तुको शिवगढीमा जारी केन्द्रीय कमिटी बैठकमा चुनावलाई उपयोग गरेर जानुपर्ने प्रस्तावमाथि व्यापक छलफल भएको थियो।
महासचिव विप्लवको उक्त प्रस्तावमाथि छलफल हुँदा तत्काल पार्टी नै संस्थागत रुपमा चुनावमा नजाने निर्णयसहित विप्लवको प्रस्ताव परिमार्जन गर्दै अनुमोदन गरिएको हो।
चुनावको उपयोग गर्नुपर्ने विप्लवको प्रस्तावमा मतभिन्नता देखिएपछि यस्तो निर्णयमा पुगिएको पार्टीका एक नेताले बताए।