बिहीबार, बैशाख २०, २०८१

लोकतान्त्रिक साझा व्यावसायिक गठबन्धनद्वारा मत माग्दै वीरेन्द्रनगर बजार परिक्रमा (तस्विरहरु)

  
कर्णाली टाइम्स बिहीबार, बैशाख १, २०७९

सुर्खेत उद्योग वाण्ज्यि संघ निर्वाचनः
सुर्खेत। सुर्खेत उद्योग वाणिज्य संघको चुनावी मैदानमा उत्रिएको ‘वृहत लोकतान्त्रिक साझा व्यावसायिक गठबन्धन’का उम्मेदवारहरु भोट माग्दै बजार परिक्रमा गरिरहेका छन्।
घरदैलो चुनावी अभियानअन्तर्गत बिहिवार उम्मेदवारहरु बजारका सबै पसलहरुमा पुगेर भोट मागिरहेका छन्।
समूहको नेतृत्व गरेका सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षका उम्मेदवार हर्षविक्रम खड्का, वरिष्ठ उपाध्यक्ष गणेश बस्नेत तथा विभागीय उपाध्यक्षका उम्मेदवार, महासचिवका उम्मेदवार रामप्रसाद जैसी (राजु) लगायतका सबै उम्मेदवारहरु निर्वाचन लक्षित प्रचारप्रसारमा हिँडेका छन्।
समूहले बुधवार पूर्वी सुर्खेतका विभिन्न ठाउँमा पुगेर व्यवसायीहरुसँग भेटघाट गरेको थियो। पूर्वी सुर्खेतका छिन्चु बजार, रामघाट बजार, जहरे, मेहलकुना, बोटेचौर लगायतका बजारमा पुगेर घरदैलो अभियान गरेका थिए।
सुर्खेत उद्योग वाणिज्य संघको वैशाख ४ गते हुने निर्वाचनमा हालका वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्का र महासचिव लक्ष्मण कँडेलको नेतृत्वमा दुईवटा समूह चुनावी मैदानमा उत्रिएका छन्।
हेर्नुहोस् गठबन्धनको वीरेन्द्रनगर बजार परिक्रमाका १० तस्विरहरुः