शुक्रबार, बैशाख २१, २०८१

कर्णाली प्रदेशका पर्यटनमन्त्री सवार गाडी दुर्घटना

  
कर्णाली टाइम्स मंगलबार, बैशाख ६, २०७९


सुर्खेत। कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामा (कार्चेन) सवार गाडी दुर्घटनामा परेको छ। मंगलबार वीरेन्द्रनगरबाट वीरेन्द्रनगर-१४ मा रहेको होटल स्टे भ्यालीभ्यू जान लागेको मन्त्री सवार कर्णाली प्रदेश ००१ झ ००७६ नम्बरको गाडी विपरित दिशाबाट आईरहेका भे १ २४७४ नम्बरको बोलेरो जीपसँग ठोक्किएको हो।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार स्टे भ्यालीभ्यू होटलमा आफ्नै मन्त्रालयद्वारा आयोजित कार्यक्रममा मन्त्री लामा जान लागेका थिए।
दुर्घटनामा मानवीय रुपमा कुनै चोटपटक लागेको छैन। दुवै गाडीमा सामान्य क्षति पुगेकाे छ। ठक्कर दिने बोलेरो र त्यसका चालक प्रकाश अधिकारीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनापछि अर्को गाडीमा चढाएर मन्त्री लामालाई कार्यक्रमस्थल पठाईएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।