बिहीबार, बैशाख २०, २०८१

वीरेन्द्रनगरको १ हजार मत गन्दा मेयरमा काँग्रेसको अग्रता कायमै

  
कर्णाली टाइम्स शनिबार, बैशाख ३१, २०७९


सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीचको गठबन्धनको अग्रता कायमै छ। १ हजार मतगणना हुँदा नेपाली काँग्रेसबाट मेयरका उम्मेदवार उपेन्द्र खड्काले ३८६ मत ल्याएका छन्।
एमालेका उम्मेदवार मोहनमाया भण्डारीले ३७५ र राप्रपाका मुकुन्दश्याम गिरीले ११९ मत पाएका छन्।
उपमेयरमा भने एमालेको अग्रता छ । उपमेयरमा नेकपा एमालेका उम्मेदवार निलकण्ठ खनालले ४१० मत ल्याएका छन् भने गठबन्धनबाट उम्मेदवार माओवादीका शान्ति ढकालले ३३६ मत ल्याएकी छन्।