शुक्रबार, बैशाख २१, २०८१

गुर्भाकोटमा काँग्रेसको अग्रता कायमै

  
कर्णाली टाइम्स आइतवार, जेष्ठ १, २०७९


सुर्खेत। सुर्खेतको गुर्भाकोट गनरपालिकामा नेपाली काँग्रेसले अग्रता कायम राखेको छ। १, २, १३ र १४ नम्बर वडाको मत गनेर सकिँदा काँग्रेसका मेयर उम्मेदवार हस्त पुन ३ हजार ४०५ मत ल्याएर अगाडि छन्।
एमालेका मेयर उम्मेदवार तिलकबहादुर खत्रीले ३ हजार ८२, माओवादीका जयबहादुर डाँगीले २०१ मत ल्याएका छन्।
उपमेयरमा काँग्रेसका उम्मेदवार मैना विकले ३ हजार ४०५ मत ल्याएका छन्। एमालेका उम्मेदवार शुसिलाकुमारी विक सुनारले ३००९ मत ल्याएका छन् भने माओवादीको टिका शर्माले २४४ मत ल्याएका छन्।
गुर्भाकोटको मतगणना सकिएका वडामध्ये १ मा एमालेका रामबहादुर शाही, २ मा काँग्रेसका नोखबहादुर वली, १३ मा काँग्रेसका मधु गुरुङ र १४ मा एमालेका चन्द्रबहादुर घर्ती निर्वाचित भएका छन्।