सोमवार, बैशाख २४, २०८१

गाउँपालिका अध्यक्षबाट राजिनामा दिएर वडा सदस्यमा चुनाव लडेका बस्नेत पराजित

  
कर्णाली टाइम्स मंगलबार, जेष्ठ ३, २०७९


सुर्खेत। गाउँपालिकाको अध्यक्षबाट राजीनामा दिएर वडा सदस्यमा चुनाव लडेका तेजबहादुर बस्नेत पराजित भएका छन्। २०७४ मा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उनले २०७९ को स्थानीय तह निर्वाचनमा वडा सदस्य लडेका थिए।
बराहताल–८ बाट वडा सदस्य लडेका उनी ५२ मतले वडा सदस्यमा पराजित भएका हुन्। उनले ५३९ मत ल्याएका छन् भने उनलाई पराजित गर्दै सदस्य जितेका नेकपा एमालेका प्रेमराज लिम्बुले ५९१ मत पाएका छन्।
पालिका अध्यक्षबाट राजीनामा दिएर वडा सदस्यमा लडेका बस्नेत जिल्ला समन्वय समितिको प्रमुख बन्ने दाउमा थिए।
बस्नेत अहिले नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचन क्षेत्र नम्बर २ (ख) को सभापति छन्।