बुधबार, बैशाख १९, २०८१

कर्तव्य ज्यान मुद्दामा फरार ९ जना अभियुक्त पक्राउ

  
कर्णाली टाइम्स शुक्रबार, जेष्ठ १३, २०७९


सुर्खेत। कर्तव्य ज्यान मुद्दामा फरार ९ जना अभियुक्त पक्राउ परेका छन्। वैशाख ३१ गते हुम्लाको खार्पुनाथमा दलका कार्यकर्ताबीच भएको झडपका क्रममा कुटपिट गर्ने ९ जनालाई प्रहरीले जेठ ८ गते पक्राउ गरेको हो।
नेकपा एमाले, नेपाली काँग्रेस र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियो।
कुटपिटबाट घाईते हुम्लाको खार्पुनाथ गाउँपालिका–५ का ६६ बर्षीय छत्रबहादुर शाहीको उपचारका क्रममा नेपालगञ्ज नर्सिङ होममा जेठ ४ गते मृत्यु भएको हो।
उक्त घटनामा संलग्न भएको भनी मुद्दा चलेका हुम्लाको खार्पुनाथ–५ का पिथिन्द्र भन्ने रड्के शाही, बबर शाही, मोहनजंग शाही, कालीबहादुर शाही, जयचन्द्र शाही, जयराज शाही, अविसर शाही, जयन्द्र शाही र बलबहादुर शाही पक्राउ परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।