शुक्रबार, बैशाख २१, २०८१

आगामी बर्षलाई वृक्षारोपण बर्ष घोषणा गरिने, युवालाई स्वरोजगार बनाउन अभियान चलाईने

  
कर्णाली टाइम्स मंगलबार, जेष्ठ २४, २०७९

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम

सुर्खेत। कर्णाली प्रदेश सरकारले आर्थिक बर्ष २०७९/८० नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। मंगलबारको प्रदेश सभा वैठकमा प्रदेश प्रमुख तिलक परियारले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। प्रदेशको स्वास्थ्य, शिक्षा, रोजगारी, विपद्, वन, खानेपानी, सांस्कृतिलाई प्राथमिकताका राखेर नीति तथा कार्यक्रममा ल्याईएको छ।
विभिन्न खालका दीर्घरोगीहरुलाई उपचारमा सहयोग गर्ने नीति कर्णाली प्रदेश सरकारले ल्याएको छ।
सार्वजनिक शिक्षामा सबैको पहुँच सुनिश्चित गर्ने, विद्यालय शिक्षादेखि उच्च शिक्षासम्मको छात्रवृत्तिलाई निरन्तरता दिने, सार्वजनिक शिक्षालाई प्रविधिमैत्री बनाउने, विषयगत शिक्षकलाई प्रोत्साहन गर्ने, प्रदेशका उत्कृष्ट विद्यालयमा सार्वजनिक, निजी साझेदारीमार्फत आवाससहितको गुणस्तरीय शिक्षा प्रदान गर्ने नीति कर्णाली प्रदेश सरकारले ल्याएको छ।
अपांगतामैत्री पूर्वाधार निर्माण गरी अपांगता भएकाहरुलाई शिक्षाको पहुँचमा पुर्याउने योजना सरकारको छ।
आर्थिक बर्ष ०७९/८० को नीति तथा कार्याक्रममा कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा स्तरवृद्धि गरी स्वास्थ्य सेवातर्फ दक्ष जनशक्ति उत्पादन गर्ने उल्लेख छ। प्रदेश आयुर्वेद औषधलयलाई आयुर्वेद अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने योजना पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ।
सुर्खेतको पश्चिम क्षेत्रका नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न सालकोटमा रहेको अस्पताललाई ५० शैय्याको बनाउने योजना नीति तथा कार्यक्रममा छ।
सामाजिक बञ्चितीकरणमा परेका बर्ग र समुदायको पुनस्र्थापना, पिछडिएका वर्गको संरक्षण तथा आयवृद्धिका लागि मुख्यमन्त्री जिवीकोपार्जन कार्यक्रमको निरन्तरता, बैंक खाता छोरीकोः सुरक्षा जीवनभरीको कार्यक्रमलाई निरन्तरता दिने, मुख्यमन्त्री दलित आयआर्जन प्रवद्र्धन कार्यक्रमको निरन्तरता, प्रदेश युवा विकास तथा परिचालन नीति तर्जुमा गरी कार्यान्वयन गर्ने योजना नीति तथा कार्यक्रममा समावेश गरिएको छ।
परम्परागत कृषि प्रणाालीलाई परिवर्तन गरी आधुनिकतामा लिने, प्रांगारिक प्रदेशको रुपमा विकास गर्न नीतिगत एवम संस्थगत व्यवस्था गर्ने, कर्णाली कृषि सहयोग प्रणाली कार्यान्वयन गर्ने, कृषकको घरदैलोमा प्राविधिक सेवा पु¥याउन कृषि प्राविधिक सहयोग कार्यक्रमलाई निरन्तरता दिने, मल तथा जैविक विषादी उत्पान, प्रशोधन र ढुवानीमा अनुदान दिने नीति कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि ल्याएको छ।
बाँझो जमीनमा खेती गर्न प्रेरित गर्ने, आधारभूत कृषि प्रयोगशाला स्थपना, कृषि क्षेत्रमा उल्लेखनीय काम गर्ने कृषकलाई मुख्यमन्त्री कृषक सम्मान कार्यक्रमबाट सम्मान गर्ने नीति सरकारले बनाएको छ।
कर्णलीको भाषा, साहित्य, संस्कृतिको प्रवद्र्धका लागि आवश्यक संस्थागत व्यवस्था गर्ने, जुम्लाको सिँजा, दैलेखको दुल्लु जस्ता ठाउँमा भएका सामरिक वस्तु तथा भाषालाई अध्ययन र अनुसन्धान गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।
आर्थिक बर्ष ०७९/८० लाई कर्णाली वृक्षारोपन बर्ष घोषणा गरी कार्यान्वयन गर्ने, जडीबुटी विकास कार्यक्रमलाई निरन्तरता दिने, जलाधार क्षेत्रको दिगो विकासका लागि एकीकृत दिगो जलाधार विकास कार्यक्रम सञ्चालन गर्ने, विदेशबाट फर्किएका तथा स्वदेशमा बेरोजगार युवालाई स्वरोजगार बनाउन अभियान सञ्चालन गर्ने प्रदेश सरकारको योजना छ।
कर्णाली प्रदेशमा साहसिक पर्यटनका लागि सम्भाव्यता अध्ययन गरी कार्यक्रम कार्यान्वयन गर्ने, महत्वपूर्ण पर्यटकीय स्थलका रुपमा जानकारीमुलक सूचना प्रवाह तथा प्रचारप्रसार गर्ने, हवाईसेवा प्रदायकलाई सहुलियत प्रदान गर्ने, सुर्खेत विमानस्थलको सेवालाई गुणस्तरीय बनाउने, रामघाटमा बनाईने प्रादेशिक विमानस्थलको लागि संघीय सरकारसँग समन्वय गर्ने योजना नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

पीडीएफमा हेर्नुहोस् कर्णाली प्रदेशको नीति तथा कार्यक्रम: