बुधबार, बैशाख १९, २०८१

‘राष्ट्रिय स्वतन्त्र पार्टी’ खोल्ने रवि लामिछानेको घोषणा

  
कर्णाली टाइम्स मंगलबार, असार ७, २०७९


सुर्खेत। पत्रकारिताबाट राजनीतिमा प्रवेश गर्ने घोषणा गरेका रवि लामिछानेले नयाँ दल खोल्ने घोषणा गरेका छन्। मंगलबार राष्ट्रिय सभा गृहमा एक कार्यक्रमको आयोजना गरी लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ खोल्ने घोषणा गरेका हुन्।
‘अहिले दर्ता भएका कुनै पनि दलमा राजनीतिक दलभित्र राम्रा मान्छे नभएका होइनन्, प्रत्येक दलमा राम्रा मान्छे छन्। तिनीहरुको सम्मान गर्नुपर्छ।’ कार्यक्रममा बोल्दै उनले भने।
उनले आफ्नो पार्टीका धारणा सार्वजनिक गर्दै क्षमता भएका युवाहरुलाई आफ्नो पार्टीमा आवद्ध हुन पनि आह्वान गरेका छन् । साथै ती युवाहरुलाई पार्टीको माथिल्लो तहसम्म पुग्ने अवसर सिर्जना गर्ने उनले बताए।
आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अवलम्वन गर्ने उनले घोषणा गरेका छन्। निर्वाचनमा ‘राइट टु नो भोट’को व्यवस्था पनि आफ्नो पार्टीको अवधारणा रहेको उनले बताएका छन्।