कर्णाली टाइम्स
मंगलबार, असार १४, २०७९
सुर्खेत। सुर्खेतको भेरीगंगा नगरपालिकामा ईनार सफा गर्न गएका युवकको डुबेर मृत्यु भएको छ। भेरीगंगा–१० तोलीखोलामा ईनार सफा गर्न गएका वडा नम्बर ४ का यामबहादुर परियारको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनी मंगलबार बिहान ८ बजेतिर ईनारमा डुबेका हुन्।
उद्दारका लागि सुरक्षाकर्मीको टोली पुग्दा उनको मृत्यु भईसकेको थियो। उनलाई ११ बजे ईनारबाट मृत अवस्थामा निकालिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।