सोमवार, बैशाख २४, २०८१

रक्तसञ्चार दिवसको अवसरमा रक्तदान

  
कर्णाली टाइम्स बिहीबार, साउन १२, २०७९


सुर्खेत। ५६ औं राष्ट्रिय रक्तसञ्चार दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ। बिहिवार सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो।
रक्तदान कार्यक्रममा ९१ पिन्ट रगत संकलन भएको छ। नेपाल स्वंयमसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्मचार्य लगायतका व्यक्तिहरुले रक्तदान गरेका थिए।
संकलन भएको रगत अस्पतालको ब्लडबैंकमा जम्मा गरी समस्यामा परेका बिरामीहरुलाई उपलब्ध गराईने सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले बताए।