कर्णाली टाइम्स
शुक्रबार, माघ २७, २०७९
सुर्खेत। दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङको निधन भएको छ। शुक्रबार बिहान उनको निधन भएको हो।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार बिहिबार मुटुमा दुखाई बढेपछि उनलाई जिल्ला सदरमुकाममा रहेको मेडिकलमा ल्याईएको थियो। मेडिकलले अवस्था सामान्यन भनेपछि बिहिबार राती नै फिर्ता भएका थिए।
शुक्रबार बिहान पुनः मुटु दुखेपछि गुरुङलाई सदरमुकाम ल्याईएको थियो। उनलाई अस्पताल पुग्नै लाग्दा हृदयघात भएको थियो। प्रहरीका अनुसार बिहान ११ बजेर ३६ मिनेटमा अस्पतालमा उनलाई मृत घोषणा गरेको हो।।
२०७४ को निर्वाचनमा उनी नेपाली काँग्रेसबाट महाबु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। ७५ बर्षीय गुरुङ कर्णाली प्रदेशका पालिका प्रमुखमध्ये जेष्ठ सदस्य हुन्।