मंगलबार, बैशाख १८, २०८१

उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको अध्यक्षमा शाही, सर्वसम्मत नेतृत्व चयन

  
कर्णाली टाइम्स शुक्रबार, फागुन २६, २०७९


सुर्खेत। नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको अध्यक्षमा पदमबहादुर शाही चयन भएका छन्। संघको तेस्रो कार्यकालका लागि शाही अध्यक्ष चयन भएका छन्।
उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको तेस्रो कार्यकालको नेतृत्वलाई बिहिबार पूर्णता दिईएको छ। अध्यक्षमा शाही यसअघि नै निर्विरोध भएपनि कोषाध्यक्ष पदमा कुरा मिलेको थिएन।
बिहिवार कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यहरु निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ।
महासंघको जिल्ला÷नगर उपाध्यक्षमा शुधन श्रेष्ठ, एसोसियट उपाध्यक्षमा हर्षविक्रम खड्का चयन भएका छन्। कोषाध्यक्षमा भानुभक्त बराल चयन भएका छन्।
यस्तै जिल्ला÷नगर सदस्यमा नामग्याल तामाङ, कुमार बुढाथोकी, कुमार प्याकुरेल, ईन्द्रप्रसाद शर्मा, लक्ष्मी कार्की चयन भएका छन्। एसोसियट सदस्यमा खड्कबहादुर शाही र वस्तुगत सदस्यमा कमल नेपाल चयन भएका छन्।